बागलुङ, १६ माघ– गलकोट नगरपालिकाले नवआगन्तुक प्रमुख प्रसासकीय अधिकृत थम्मनसिंह गौतमलाई स्वागत गरेको छ । सोमबार नगर कार्यपालिकाको कार्यालयमा आयोजीत एक समारोहमा नगरप्रमुख भरत शर्मा गैरेले गौतमलाई खादा मालाले स्वागत गरे ।
यसअघी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत गंगा बहादुर भुजेलको अनिवार्य अवकास भएपछि झण्डै चार महिनादेखि नगरपालिका निमित्तको भरमा थियो । सामान्य प्रशासन मन्त्रालयल गौतमलाई लोकसेवा आयोग गण्डकी प्रदेश कार्यालयबाट सरुवा गरेर गलकोट पठाएको हो ।
गौतमलाई स्वागत गर्दै नगरप्रमुख गैरेले जनप्रतिनिधि र कर्मचारी दुवैले जनपक्षीय काम गर्नुपर्ने बताए । कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले खादा ओडाएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै गौतमले नीति र बिधिमा रहेर जनताका काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।