बागलुङ, १६ माघ– अंग्रेजी शिक्षकहरुको संगठन नेल्टा बागलुङको अध्यक्षमा नेत्र न्यौपाने चयन भएका छन् । नेल्टाको जिल्ला अधिबेशनले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा श्यामप्रसाद शर्मा, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा सपना सापकोटा पौडेल, सहसचिवमा निशान खड्का, सदस्यहरुमा लेखनाथ शर्मा, हिराबहादुर छन्त्याल, प्रदिप पन्त, शिवबहादुर भण्डारी, सल्लाहकारहरुमा वालकृष्ण शर्मा र उपप्रध्यापक विजयराज पन्त चयन भएका छन् । समितिको तालिम संयोजकमा मालिका माविका प्रधानाध्यापक बालकृष्ण सापकोटा चयन भएका छन् ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, क्याम्पसका अंग्रेजी विभाग प्रमुख उपप्रध्यापक विजय राज पन्त, क्याम्पसका उपप्रध्यापक दिपेन्द्र जैसी, प्याब्सन बागलुङ नगर अध्यक्ष कृष्ण अधिकारी, नेल्टा गण्डकी प्रदेशका सचिव देव शर्मा, अध्यक्ष कमलराज लम्साल लगायतले बोलेका थिए ।
कार्यक्रममा इङ्लिस ल्याङवेज फेलोका अमेरिकी प्रतिनिधि आन्द्र परेज, मालिका माविका प्रधानाध्यापक बालकृष्ण सापकोटा, नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साललले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षक बालकृष्ण शर्माको अध्यक्षता, शिक्षक श्याम प्रसाद शर्माले स्वागत र शिक्षक नेत्र न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।