बागलुङ, १७ माघ– कपडा तथा फेन्सी व्यावसायी समिती बागलुङले बागलुङ नगरपालिका– १ रामरेखा आधारभुत बिद्यालयका बिपन्न बिद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । समितिले बिद्यालयमा अध्यनरत गरिब, दलित, अपाङ्ग र बिपन्न वर्गका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
कपडा तथा फेन्सी व्यावसायी समिती बागलुङका अध्यक्ष दलबहादुर कार्की डिबी, निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा, समितीका उपाध्यक्ष गोकुलप्रसाद कँडेल, सचिव प्रेमलाल गौतम र सहसचिव रबिन्द्रकुमार श्रेष्ठ लगायतले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी र प्रधानाध्यापक कविराज जिसीलाई हस्तान्तरण गरेका थिए ।
चिसो मौसममा बिपन्न वर्गका बालबालिकालाई थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले न्यानो कपडा सहयोग गरिएको समितिका अध्यक्ष डिबी कार्कीले जानकारी दिए ।