बागलुङ, १७ माघ– धवलागिरी बहुमुखी क्याम्पसमा खेल सप्ताह आयोजना गरिएको छ । बीबीए संकाय अनतरगतको बिबिए क्वालिटि सर्कलको सक्रियतामा खेल सप्ताह आयोजना गरिएको हो ।
क्याम्पस प्रसासन र स्वबियुको समन्वयमा बीबीए संकायका बिद्यार्थीहरु लागी ब्याडमिन्टन, टेबल टेनिस, क्यारेमबोर्ड, म्युजीकल चियर, घैटोफोर तथा बिभिन्न संकायका बिद्यार्थी, प्रध्यापक एवँ कर्मचारीहरुका लागि फुट्सल प्रतियोगिता र छात्रहरुका लागि लठो तान्ने प्रतियोगीता आयोजना गरिएको अध्यक्ष नारायण खरालले जानकारी दिए ।
क्याम्पस प्रमुख प्रा डा. रामप्रसाद उपाध्यायले बिद्यार्थीहरुले आयोजना गरेका बिभिन्न कार्यक्रमले पठनपाठन संगसंगै क्षमता बिकासमा पनि महत्वपूर्ण योगदान गर्नेे बताए ।
स्वतन्त्र बिद्यार्थी युनियनले पछिल्लो समय पढाईलाई बोझ र तनाबको रुपमा भन्दा पनि मनोरञ्जन सहितको पढाईलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको स्ववियु अध्यक्ष सुदिपसागर कँडेलले बताए ।
कार्यक्रमहरुले बिद्यार्थीहरुको चौतर्फी बिकासमा महत्त्वपुर्ण भुमिका निर्बाह गर्ने भएकाले स्वबियुको साथ र सहयोग रहेको क्वालिटि सर्कलका सचिब दिप सागर सुवेदीले बताए ।