२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

अन्तरपार्टी महिला संजालको अध्यक्षमा सापकोटा


जनमञ्च संवाददाता
  • १८ माघ २०८० , बिहिबार

  • अन्तरपार्टी महिला संजालको अध्यक्षमा सापकोटा

    बागलुङ, १८ माघ– अन्तरपार्टी महिला संजाल बागलुङको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छिन् । बुधबार भएको संजालको साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रममा सापकोटा निर्विरोध अध्यक्ष भएकी हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्छिन् ।
    उपाध्यक्षमा नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्री, सचिवमा एमालेको तर्फबाट हुमा खड्का, सहसचिवमा राप्रपाको तर्फबाट निर्मला बानियाँ क्षेत्री र कोषाध्यक्षमा नेकपा माओवादीको तर्फबाट ललिता थापा निर्विरोध भएका हुन् ।
    जिल्लामा क्रियाशिल दलहरुको तर्फबाट पदाधिकारी चुनिने प्रावधान अनुसार उनीहरु निर्वाचित भएका हुन् । त्यस बाहेक जिल्लामा क्रियाशिल मध्येबाट राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको एकएक जना आमन्त्रित सदस्य रहने व्यवस्था छ ।
    २०६५ सालमा संविधान निर्माणमा महिलाको सहभागिता, समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्न केन्द्रीय रुपमा तत्कालिन प्रमुख दलहरुको सहभागितामा संजाल गठन भएको थियो । संघियताको बिरोध गरेकोले राजमोले संजालमा सहभागिता जनाएको थिएन । त्यसैले जिल्लामा भने आमन्त्रित सदस्य राख्ने गरिएको हो । समितिमा १८ जना सदस्य रहेको संजालकी निवर्तमान अध्यक्ष कुशुम बुढाले बताइन् ।
    बुधबार भएको साधारणसभाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य समेत रहेकी बुढाले पछिल्लो समय जिल्लामा संजालको उपस्थितिलाई अनिवार्य जस्तो बनाउन सकिएकोलाई सफलताको रुपमा लिएको बताइन् । उनले अधिकारको खोजी योजना निर्माणमा महिलाको सहभागिता नै संजालको उपलब्धी भएको बताइन् । पछिल्लो समय गण्डकी प्रदेश सरकारले गृहीणी महिलालाई प्रोत्साहन गर्न उद्यममा साथ दिने गरी कार्यक्रम ल्याएकोले त्यसमा पनि संजालले हात बढाउनुपर्ने बताइन् ।
    कार्यक्रममा पूर्व सांसद मनकुमारी केसीले अहिले सम्मका उपलब्धीको दस्तावेजीकरण गर्नुपर्ने आवस्यकता औल्याइन् । कार्यक्रममा लक्ष्मी बास्कोटा, धनमाया शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    संजालकी कार्यवहाक अध्यक्ष भगवती केसीको अध्यक्षता, सचिव पिंगला जिसीको संचालन र टिकाकुमारी विश्वकर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सचिव जिसीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष मिमा गुरुङको आर्थिक प्रतिवेदन पनि पास गरिएको थियो । कार्यक्रममा संजाललाई आर्थिक सहयोग गर्ने बानपा २ का शिव आचार्यलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend