२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

प्रेस चौतारी कपको ट्रफी सार्वजनिक


जनमञ्च संवाददाता
  • १८ माघ २०८० , बिहिबार

  • प्रेस चौतारी कपको ट्रफी सार्वजनिक

    बागलुङ, १८ माघ– प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा शुक्रबारदेखि हुने ‘प्रेस चौतारी कप २०८०’ को ट्रफी सार्वजनिक भएको छ । २६ औं स्थापना दिवशको अवसरमा चौतारीले खेलको आयोजना गरेको हो ।
    बिहिबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गरेका हुन् । उक्त अबसरमा खड्काले खेलकुद क्षेत्रको विकासले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए । उनले खेलकुदलाई राज्यले उपेक्षा गरेको टिप्पणी गरे ।
    ‘नारामा स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भनिएको छ तर खेल क्षेत्रलाई राज्यले बजेट समेत दिएको छैन’ खड्काले भने, ‘युवालाई कुलतबाट जोगाउन पनि खेल क्षेत्रको विकास चाहिएको छ ।’ चौतारीले भने स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारिता भन्ने नारा दिएको छ ।
    शुक्रबारदेखि हुने खेलकालागि १२ टिमले भाग लिने अध्यक्ष सिर्जना पन्तले बताइन् । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताका लागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान पेश गरेका छन् । यो खेलका लागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend