१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

गुराँस कप फुटसल प्रतियोगिता हुने


जनमञ्च संवाददाता
  • २३ माघ २०८० , मंगलबार

  • गुराँस कप फुटसल प्रतियोगिता हुने

    बागलुङ, २३ माघ– प्रथम गुराँस कप अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका–३ स्थित गुराँस विद्या सदन र गुराँस चाइल्ड क्लबको आयोजनामा माघ २४ र २५ गते प्रथम गुराँस कप अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको हो ।
    गुराँस विद्या सदनको छैंटो वार्षिकोत्सवको सन्दर्भ पारेर कक्षा ८ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल निशान खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
    आयोजक गुराँस विद्या सदनको तीन टिमसहित १९ विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने दिदै प्रिन्सिपल खड्काले प्रतियोगितामा विजेता समुहलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता बन्ने समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
    प्रतियोगितामा सेमिफाइनल पुग्ने समुहलाई पनि ट्रफी र प्रमाण पत्र प्रदान गरिने जानकारी दिदै शिक्षक रामु जिसीले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने बताए । पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि खेलले महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend