९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

काठेखोलाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विकसहित दश जनाले पाए सफाई


जनमञ्च संवाददाता
  • २७ माघ २०८० , शनिबार

  • काठेखोलाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विकसहित दश जनाले पाए सफाई

    बागलुङ, २७ माघ– जिल्लाको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित दश जनाले सफाई पाएका छन् । गैरकानुनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुबिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
    प्रमुख प्रशासकीय अधिकृत विकसहित सव–इञ्जिनियर, लेखापाल र निर्माण कम्पनीका प्रतिनिधिसहित १७ जनाविरुद्ध अख्तियारले २०७९ असार १५ गते विशेष अदालतमा दायर गरेको मुद्धामा उनीहरुले सफाई पाएका हुन् ।
    बिहीबार विशेष अदालतका न्यायधिशद्वय टेक नारायण कुवँर र मुरानीबाबु श्रेष्ठको संयुक्त इजलासले विकसहित १७ जनालाई सफाईको फैसला गरेको हो । डुडियाघाटमा उपभोक्ता समितिका रनबहादुर थापा, टेक नारायण पुन, पार्वती थापा प्राविधिक सनोज उपाध्याय, प्राविधिक नवीन दास, एक्लेखेतघाटमा उपभोक्ता समितिका अमरबहादुर गुरुङ, गगनबहादुर कार्की, चेलीमाया थापा, प्राविधिक सनोज उपाध्याय तथा प्राविधिक नवीन थापाले सफाई पाएका हुन् ।
    विकसहित १७ जनलाई गैरकानुनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ को सडक मर्मत योजना र आर्थिक वर्ष २०७४÷०७५ को डुडियाघाट तथा लामावगरघाटमा ह्युमपाइप कलभर्ट निर्माण, एक्लेखेतघाटमा ह्युम पाइप कल्भर्ट निर्माण, ३ वटा योजनामा स्टिमेट अनुसार सामग्री प्रयोग नगरेको, झुट्टा बिल भरपाई बनाई दोहोरो मुल्याङ्कन गरी नापी किताब तयार गराई दोहोरो भुक्तानी लिई नेपाल सरकारलाई हानी पुराएको आरोप लगाई परेका ३ वटै मुद्दामा सबैले सफाइ पाएको विशेष अदालतको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, सव इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सवइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेल, श्री सेभेन स्टेट बिल्डर्स बागलुङका प्रोपाइटर दिपेन्द्र बहादुर खड्का, अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँवर, खुसु निर्माण सेवाका सुर्य बहादुर भण्डारी, भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेश बहादुर भण्डारी, सातविसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्कासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend