२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

प्रथम फ्युचर कप फुटसल शुरु


जनमञ्च संवाददाता
  • २८ माघ २०८० , आइतबार

  • प्रथम फ्युचर कप फुटसल शुरु

    बागलुङ, २८ माघ– बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ ।
    आइतबार बिहान बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले प्रतियोगिताको उद्घाटन गरे । उनले खेल क्षेत्रले विद्यार्थीमा अनुशासन कायम हुने बताएका थिए । साथै उनले पछिल्लो समय निजी क्षेत्रका विद्यालयले खेल क्षेत्रमा राम्रो लगानी गर्न थालेको भन्दै यसले राम्रो परिणाम समेत दिने बताए ।
    कार्यक्रममा एनप्याब्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, गण्डकी प्रदेश सदस्य निसान खड्का, नेपाल पत्रकार महासघ बागलुङका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य दिएका थिए । फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, शिक्षक सुवर्ण मल्लको संचालन र विद्यार्थी मन्दिरा थापाको स्वागतमा सम्पन्न कार्यक्रममा खेलबारे खेल शिक्षक टिकाजी पुनले जानकारी गराएका थिए ।
    खेलमा १८ विद्यालयका खेलाडी सहभागि हुनेछन् । खेलमा प्रथम हुनेले १२ हजार नगदर पुरस्कार, मेडल र ट्रफी तथा द्वितिय हुनेले ६ हजार नगद र मेडल तथा ट्रफी पाउनेछन् । खेलमार्फत बालबालिकालाई तन्दुरुस्त र अनुशासित बनाउने लक्षले खेल आयोजना गरिएको विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend