९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सामुदायिक कुकुरको व्यवस्थापनका लागि होस्टेल बनाउने तयारी


जनमञ्च संवाददाता
  • २८ माघ २०८० , आइतबार

  • सामुदायिक कुकुरको व्यवस्थापनका लागि होस्टेल बनाउने तयारी

    बागलुङ, २८ माघ– बागलुङ नगरपालिकाले कुकुर होस्टेल बनाउने तयारी गरेको छ । नवप्रवद्र्धन कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयसँग साझेदारीका लागि सम्झौता गरेको छ ।
    मुख्यमन्त्री कार्यालयको साझेदारीमा बन्ने कुकुर होस्टेलको १ करोड लागत अनुमान गरिएको छ । बजार क्षेत्रमा छयापछ्याप्ती भेटिने कुकुर व्यवस्थापनका लागि यो कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए । साझेदारीमा बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा बनाइने होस्टेलका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गर्ने सम्झौता भएको हो । चालु वर्षभित्रै कुकुर होस्टेल बनेर संचालनमा आउने छ ।
    भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गत असारमा ल्याएको नीतिमा कुकुरको व्यवस्थापनको उल्लेख थियो । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नुपरेको श्रेष्ठ बताउँछन् । ती कुकुरले टोकेर बर्षमा धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोगसमेत लागेकोले होस्टेल बनाउन लागिएको उनले बताए ।
    नगरपालिकाले घर घरमा पालिएका र सडकका कुकुरलाई रेबिज बिरुद्धको खोप दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि निशुल्क गरिएको हो । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान समेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
    दर्ता गरेका कुकुरलाई नगरले खोप र औषधि सेवा निशुल्क दिनेछ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्ने पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए निलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था शुरु भएको छ ।
    रेबिज लगायतका संक्रामक रोगबाट कुकुरलाई बचाउने, कुकुरले टोक्दा मानिसमा पनि रोग सर्ने भएकोले आम नागरिकको सुरक्षाका लागि यो अभियान थालिएको हो । छाडा कुकुर लाई खोप लगाएर होस्टेलमा राखिनेछ । कसैले पाल्न चाहेमा नगरको अनुमतिले लैजान सक्नेछन् । घर घरमा पालिएका कुकुरलाई पनि सूचिकत गरेपछि मृत्यु भएमा समेत नगरमा जानकारी गराइने छ । सबै कुकुरको तथ्यांक राख्ने नगरपालिकाले मृत्युपछि लगत कट्टा गर्ने व्यवस्था गरेको छ ।
    कुकुर होस्टेल नेपालकै नमूना कार्यक्रम बन्ने कंडेलले बताए । ‘तत्काल काम थालेर चालु वर्षमै पुरा गर्ने लक्ष छ’ कंडेलले भने, ‘यस्तो होस्टेल बनेपछि बजार तथा सहरी क्षेत्रमा छाडा कुकुर व्यवस्थापन हुन्छ ।’ नगर सफाइका लागि यो एउटा सूचक बन्ने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend