९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
पञ्चकोटमा गण्डकीको मन्त्रिपरिषद बैठक

ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सहयोगको आब्हान गर्ने निर्णय


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८० , मंगलबार

  • ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सहयोगको आब्हान गर्ने निर्णय

    बागलुङ, १ फागुन– गण्डकी प्रदेश सरकारले पञ्चकोटमा आयोजना हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सहयोगको आब्हान गर्ने निर्णय गरेको छ ।
    सोमबार पञ्चकोटमा आयोजित मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । बैठकअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका मन्त्रीलाई महायज्ञका अगुवा कमलनयनाचार्यले स्वागत गरेका थिए ।
    बैठकले मनाङको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि संघ सरकारलाई सिफारिस गरेको छ । मन्त्रीपरिषद बैठकले सिमाना संशोधन काागि संघ सरकारमा सिफारिस गरिएको अर्यालले जानकारी दिइन् ।
    महायज्ञको प्रचार प्रसार तथा सहयोगका लागि मन्त्रीपरिषद बैठक महायज्ञस्थलमै पुगेर बसेको थियो । सबै क्षेत्रमा सहयोगको लागि आब्हान गर्ने निर्णय भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्यालले जानकारी दिइन् । पञ्चकोटमा १ सय ८ फिट अग्लो कलस निर्माणसहित धार्मिक महत्वका क्रियाकलाप र संरचना निर्माणका लागि महायज्ञ लगाइदैछ । त्यसका लागि बिशेष सहयोग गर्ने र सबैलाई सहयोगका लागि आब्हान गर्ने बैठकले निर्णय गरेको हो ।
    सोमबारकै बैठकले क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि बिशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, समपुरक तथा बिशेष अनुदानअन्र्तगत ८ वटा आयोजना संचालन गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।
    गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको बिधेयक तुर्जमाको लागि सैद्दान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८लाई संशोधन गर्न बनेको बिधेयक २०८० गण्डकी प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको हो । साथै, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८० लाई पनि सभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो । बागलुङ नगरपालिका वडा नं. ६ को पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म ब्रम्हाण्डीय महायज्ञ हुन लागेको छ ।
    बागलुङ नगरपालिका–६ को पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म हुने ब्रम्हाण्डीय महायज्ञमा राष्टपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री, सांसद, व्यवसायी उद्योगी लगायतको उपस्थिति हुने भएपछि धमाधम सडक लगायतका निर्माणहरु भैरहेका छन् । तिरुपति चोकदेखि पञ्चकोट जाने सडक ग्राभेल गर्ने, वेस राखेर तत्कालै कालोपत्रे गर्नेगरी काम शुरु भएको छ ।
    त्यस्तै महायज्ञ स्थलमा सवारी पार्किङ, हेलिकोप्टर ल्याण्डस्थल, यज्ञ हवन कुण्ड, धान्यान्चलस्थल समेत बनाइको छ । धान्यान्चलका लागि २१ हजार ५ सय ५५ क्विन्टल धान पञ्चकोट पु¥याइएको छ । महायज्ञ संचालन हुने समयभर यहाँ गाडिने ३१ फिट अग्लो मौलोमा निरन्तर धानको धारा लगाइने छ ।
    निर्माण संरचनाको अबलोकन गर्ने तथा आगामी दिनमा पञ्चकोटलाई पर्यटकीय सूचिमा राख्ने गरी गण्डकी प्रदेश सरकारले चासो राखेको हो । पर्यटकीय सूचिमा सूचिकृत बनाइसकेको गण्डकी प्रदेशले पहिलो पटक यहाँ आएर बैठक गरेको हो । मन्त्री परिषदले पनि यो क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘हामीले हेर्दा मात्र पनि नसकिने गरी काम भएको छ, भोलीका दिनमा यो अदभुत क्षेत्र बन्ने छ’ श्रेष्ठले भने, ‘पञ्चकोटले देशकै ध्यान खिच्नेछ ।’
    पञ्चकोटमा परियोजना अनुसारको सबै काम भएमा ५ अर्ब बढीको काम हुने वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसीले बताए । महायज्ञ संचालन हुने हरेक दिन पञ्चकोटमा फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, बिकास तथा वातावरण सम्मेलन हुनेछ । फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारीको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ । फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी विकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ ।
    फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग नथा खेल सम्मेलन, फागुन १७ गते पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य बिकास सम्मेलन हुने भएको महायज्ञका मुल संयोजक कमलनयनाचार्यले बताए । त्यस बाहेक फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्दान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते बैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend