९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फ्युचर कप फुटसलको उपाधि आयोजकको पोल्टामा


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८० , मंगलबार

  • फ्युचर कप फुटसलको उपाधि आयोजकको पोल्टामा

    बागलुङ, १ फागुन– प्रथम फ्युचर कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक फ्युचर ब्राईटर बोर्डिङले जितेको छ ।
    फ्युचरले फाइनलमा रूद्रेपिपल माविलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । फ्युचरले न्यू एभरेष्ट एकेडेमी र रूद्रेपिपलले गुराँस विद्या सदनलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
    प्रतियोगिताको विजेता फ्युचर र उपविजेता रूद्रेपिपलले क्रमशः नगद १२ हजार र ६ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ । यस्तै सेमिफाइनलमा पुगेको गुराँस विद्या सदन र न्यू एभरेष्ट एकेडेमीले नगद प्राप्त गरेको फ्युचर ब्राईटरका शिक्षक आशिष परियारले जानकारी दिए ।
    प्रतियोगितामा रूद्रेपिपल मा.विका सुलभ थापा सर्वोत्कृष्ट खेलाडी, फ्युचरका साहिल खड्का उत्कृष्ट गोलरक्षक र फ्युचरकै श्रीकृष्ण जि.सी सर्वाधिक गोलकर्ता बनेका थिए । फ्युचर ब्राईटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजित कक्षा ६ सम्मका विद्यार्थीको फुटसल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।
    समापन कार्यक्रममा फ्युचर ब्राईटर बोर्डिङ स्कुलका प्रधानध्यापक बालकृष्ण शर्मा, न्यू एभरेष्ट एकेडेमीका प्रधानध्यापक कृष्ण अधिकारी, फ्युचर ब्राईटरका शिक्षक सुनिता पुरी, निर्णायक आशिष के.सी, रोशन खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, शिक्षक टिकाजित पुनको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend