८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

२०७८ कात्तिकदेखि कालिका मन्दिरमा चढेका गहना सार्वजनिक


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०८० , बिहिबार

  • २०७८ कात्तिकदेखि कालिका मन्दिरमा चढेका गहना सार्वजनिक

    बागलुङ, ३ फागुन– बागलुङ कालिका भगवती मन्दिरमा माघ महिनामा १९ लाख ७२ हजार कमाइ भएको छ । माघ महिनामै २० लाख ३५ हजार खर्च भएको छ ।
    अन्य महिनामा कमाइ बढी भएपनि माघमा भने कम भएको हो । मन्दिरमा भेटीबाट १० लाख ८९ हजार ३ सय ६५ रुपैयाँ संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । बिहिबार पत्रकार सम्मेलन गरेर गुठीले माघ महिनाको खर्च सार्वजनिक गरेको हो ।
    चामलबाट १६ हजार ५ सय, बोकाको टाउकोबाट २ हजार, भाडाबाट ३ लाख १४ हजार, विवाहबाट ११ हजार ५ सय, परेवाबाट ४ लाख ४५ हजार र पण्डितहरुले बुझाएको ८ हजार १ सय आम्दानी भएको हो । खर्चतर्फ तलबमा ३ लाख ५७ हजार, पूर्वाधार निर्माणमा १४ लाख १५ हजार, पूजामा ६२ हजार, साँस्कृतिक कार्यक्रममा ६१ हजार ६ सय र बिज्ञापनमा २ हजार खर्च भएको छ ।
    मेसिनरी उपकरणमा ३१ हजार, पोशाक तथा छपाइमा ३० हजार र मर्मत संभारमा २५ हजार खर्च भएको हो । त्यसबाहेक २०७८ साल कात्तिक ८ गतेदेखि मन्दिरमा चढेको गहनाको समेत आंकडा निकालिएको छ ।
    कुमार खड्का अध्यक्ष भएपछि यहाँ ३ तोला ४५ लाख सुन र ३ सय तोला ११ लाख चाँदी चढेको भेटिएको हो । हरेक दिनको आयव्याय बोर्डमा राख्ने गरेको गुठीले मासिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी दिने गरेको छ ।
    हाल कालिका मन्दिर परिसरमा पूर्वाधारका संरचना समेत बनाइएका छन् । आधुनिक सत्तल निर्माणपछि मन्दिरमा भित्री संरचना निर्माण भैरहेका छन् । कालिका मन्दिरमा पछिल्लो समय सयौं भक्तजन र धार्मिक पर्यटक आउने क्रम बढेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend