९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेष्ठ नागरिक संघको अध्यक्षमा श्रेष्ठ चयन


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०८० , शनिबार

  • जेष्ठ नागरिक संघको अध्यक्षमा श्रेष्ठ चयन

    बागलुङ, ५ फागुन– जेष्ठ नागरिक संघ बागलुङको अध्यक्षमा चिरञ्जिवी कुमार श्रेष्ठ चयन भएका छन् । संघको शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा महेन्द्रसिंह रायमाझी, सचिव बद्रिप्रसाद पौडेल र कोषाध्यक्षमा खिमराम शर्मा, सदस्यहरुमा विष्णुकुमारी खत्री, सहनसिला श्रेष्ठ, दुर्गाबहादुर आचार्य, दलबहादुर खड्का, गोपालबहादुर खड्का र माधवप्रसाद आचार्य रहेका छन् ।
    कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जेष्ठ नागरिकको अधिकार रक्षाका लागि बागलुङ नगरपालिकाले सक्दो भुमिका निर्वाह गर्ने बताए । उनले जेष्ठ नागरिकलाई दिवा सेवा दिनका लागि बजेट छुट्टाए पनि जग्गा अभावले समस्या उत्पन्न भएको बताए ।
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बराल, समाजसेवी देबबहादुर श्रेष्ठ, निर्वाचन समिति संयोजक गोविन्द ओझा र सदस्य सञ्जीवकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा संघका सचिव हरिलाल सुवेदीले आर्थिक र कोषाध्यक्ष टेकनारायण शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष चिरञ्जिवी कुमार श्रेष्ठको स्वागत र सचिव हरिलाल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend