बागलुङ, ५ फागुन– हस्तकला संघ बागलुङको १४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै हस्तकला संघका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउनका लागि हस्तकला संघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
महिलाको नेतृत्व र क्षमता विकासका लागि हस्तकला संघको जन्म भएको चर्चा गर्दै छोटाले हस्तकला संघलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक अध्यक्ष ईन्द्र श्रेष्ठ, विद्यामन्दिर मावि संचालक समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक छविरमण रेग्मी, हस्तकला संघका सल्लाहकार ईश्वर मलेपति, आजिवन सदस्य चन्द्रकुमारी श्रेष्ठ र पत्रकार कोपीला कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका सचिव सम्झना राजभण्डारी श्रेष्ठले प्रगति र कोषाध्यक्ष सविना राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्कृत विद्यालयमा अध्यनरत विद्यार्थीलाई संघले निर्माण गरेका हातेझोला प्रदान गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र सचिव सम्झना राजभण्डारी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।