९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यु-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य भण्डारीलाई सहयोग


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०८० , शनिबार

  • यु-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य भण्डारीलाई सहयोग

    बागलुङ, ५ फागुन– यु–१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीको हौसलाका लागि आर्थिक सहयोग गरिएको छ । हालै मात्र यु–१९ क्रिकेट विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका भण्डारीलाई दक्षिण कोरियामा रहेका खेलप्रेमीहरुले संलकन गरी पठाएको आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
    विदेशको भूमिमा बसेर पनि खेलकुदको विषयमा निकै चासो र चिन्ता राख्ने डम्बर केसीको अगुवाईमा संकलन गरेर पठाईएको ५३ हजार सात सय ५ रुपैयाँ काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
    काठेखोला–२ भिमापोखरा घर भई हाल दक्षिण कोरियामा रोजगारीका लागि पुगेका केसीले काठेखोला–१ पालामा जन्मिएर राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै विश्वकप क्रिकेट खेल्न सफल खेलाडि भण्डारीको सहयोगका लागि रकम संकलन गरेका थिए ।
    काठेखोला गाउँपालिकास्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको आयोजना भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेल क्षेत्रका नयाँ प्रतिभाहरुलाई उजागर गर्नका लागि गाउँपालिकाले पनि प्रयास गरिरहेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend