२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

तेस्रो चिल्ड्रेन लाईफ कप फुटबलको तयारी पुरा


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०८० , सोमबार

  • तेस्रो चिल्ड्रेन लाईफ कप फुटबलको तयारी पुरा

    बागलुङ, ७ फागुन– चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब आयोजनामा हुने तेस्रो चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो ।
    सोमबार पत्रकार सम्मेलन गरेर आयोजक चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले “स्वास्थ्य शरीर, मनोरञ्जन र अनुशानका लागि खेलकुद” भन्ने नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी गराएको छ । बागलुङ जिल्लाका १५ बढी विद्यालय प्रतियोगितामा सहभागि हुने अनुमान गरिएको क्लबका अध्यक्ष तथा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।
    प्रयोगिताका लागि सबै प्राबिधिक र आर्थिक व्यवस्थापनको तयारी पुरा भएको उनले जानकारी दिए । बागलुङको रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । फुटबल खेलमा विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्नुका साथै बागलुङमा फुटबल खेलको विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए ।
    प्रतियोगिता बिजेताले ४४ हजार ४ सय ४४ र उपबिजेताले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछन् । बिधागत रुपमा उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख २४ हजार १ सय ६६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend