८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बानपाले फागुन १३ देखि १६ गतेसम्म दादुरा र रुवेला खोप लगाउने


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०८० , मंगलबार

  • बानपाले फागुन १३ देखि १६ गतेसम्म दादुरा र रुवेला खोप लगाउने

    बागलुङ, ८ फागुन– बागलुङ नगरपालिकाले फागुनको १३ देखि १६ गतेसम्म दादुरा र रुवेलाबिरुद्ध खोप लगाउने भएको छ । निवारण भैसकेको दादुराको प्रकोप विभिन्न स्थानमा देखिएपछि पुनः खोप लगाउने कार्यक्रम जोड्नु परेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
    बिशेषगरी जन्मेको ९ महिना पुग्दा लगाउने दादुरा खोपको कारण बालबालिकामा निवारण गर्न सकिनेमा विभिन्न कारणले आउने समस्याबाट दादुरा र रुवेला रोग देखिएको उनले बताए । तराइलगायत गण्डकी प्रदेशका केही जिल्लामा यो रोगको संक्रमण देखिएपछि पुनः खोप अभियान संचालन गर्नुपरेको हो ।
    नेपाल सरकारले आगामी २०२६ सम्ममा दादुरा रुवेला निवारणको लक्ष राखेको छ । त्यसका लागि कम्तिमा ९५ प्रतिशतमा खोप सेवा पुगेको, रोगको संख्या नभएको देखिनुपर्ने नीतिगत व्यवस्था छ । एक जनामा संक्रमण भएमा १८ जना सम्ममा सर्ने खतरा भएकोले खोप अनिवार्य लागउने अभियानका लागि नगरपालिकाले जनप्रतिनिधि, वडा तहका कर्मचारी, स्वास्थ्यकर्मी परिचालन गरेर कोही पनि नछुट्ने अवस्था सिर्जना गर्न लागिएको नगर उपप्रमुख राजु खड्काले बताए ।
    ‘रोकथाम भैसकेको रोगको संक्रमण पुनः देखिएकोले सचेत भएर कोही नछुट्ने अभियान चलाउनुपरेको हो’ उनले भने, ‘खोपको सदुपयोग र प्रभावकारी रुपमा खोप लगाउने व्यवस्थापन गर्नुपर्छ ।’ यो खोप नियमित दुइ डोज लगाउनुपर्ने प्रोटोकल छ ।
    विद्यालयमा लगाउने कार्यक्रम नभई वडाको खोप केन्द्रमा मात्रै लगाइने भएकोले कतिपय स्थानमा बस्ने अभिभावकले थाहा नपाउने अवस्था हुने हुँदा प्रचारप्रसार बढी चाहिने भएको खनालको भनाइ छ । साथै खोपको कार्ड व्यवस्थापन गर्ने, खोपको तथ्यांक उचित ढंगले राख्ने काम समेत गरिने बताइएको छ ।
    दादुराको समस्या बल्झन नदिन सबैको सक्रिय सहभागिता चाहिने भन्दै नगरपालिकाले अभिमूखीकरण कार्यक्रम गरेर सबै स्वास्थ्यकर्मीलाई सक्रिय बनाइएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, स्वास्थ्य शाखाका लक्ष्मण शर्मा र नारायणस्थान स्वास्थ्यचौकीका प्रमुख ऋषिराम शर्माले खोपको अवस्था र बागलुङका बालबालिकाको स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend