बागलुङ, ८ फागुन– पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पु¥याइएको छ । पत्रकार सम्मेलन गरेर महायज्ञको तयारीबारे जानकारी दिइयो । पत्रकार सम्मेलनमा बागलुङ र म्याग्दीका पत्रकारहरु पञ्चकोट पुगेका थिए ।
महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गरिने छ । त्यस बाहेक यहाँ ९ गडतेदेखि २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन गरिने महायज्ञका संरक्षक कमलनयनाचार्यले बताए ।
महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुनेछ । फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ । फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी बिकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ ।
फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग नथा खेल सम्मेलन, फागुन १७ गते पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य बिकास सम्मेलन हुने भएको महायज्ञका मुल संयोजक कमलनयनाचार्यले बताए ।
त्यस बाहेक फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्दान् र महिलाको क्षमता बिकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ ।
फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते बैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको हो । महायज्ञ ९ गते गण्डकी प्रदेशका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गर्नेछन् भने १० गते राष्ट्रपति रामचन्द्र पौडेल आउने छन् । त्यसका लागि सुरक्षा समितिका बैठक बसेर व्यवस्थापन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।