८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई लक्षित गरी सवारी साधनको भाडा समायोजन


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०८० , बुधबार

  • पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई लक्षित गरी सवारी साधनको भाडा समायोजन

    बागलङ, ९ फागुन– पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आउने भक्तजन तथा पर्यटकको हितका लागि भन्दै बागलुङका यातायात व्यवसायीले भाडादर समायोजन गरेका छन् ।
    बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले भाडादरमा २५ प्रतिशतसम्म कम गराएको हो । बिशेषगरी पञ्चकोटतर्फ संचालनमा रहेका ट्याक्सी, जिप र बस तथा माइक्रोबसले भाडादर घटाएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश ंकँडेलले बताए ।
    हाल प्रतिव्यक्ति २ सय ५० रुपैयाँ लिने गरेको ट्याक्सीले २ सय रुपैयाँ, २ सय ५० रुपैयाँ लिएको पिकअपले १ सय ५० रुपैयाँमै लैजाने भएको हो । १ सय ५० रुपैयाँ लिने मिनीबसले १ सय रुपैयाँ मात्रै र २ सय रुपैयाँ लिने माइक्रोबसले १ सय ५० रुपैयाँ लिने निर्णय भएको हो ।
    महायज्ञका लागि लक्षित गरेर धौलागिरि गण्डकी यातायात सेवा प्रालिले हरेक बिहान ९ बजेदेखि बस संचालन गर्ने समेत निर्णय भएको हो ।
    बैठकमा बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शशिकपुर श्रेष्ठ, धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष ययन्द्रराज पन्त, व्यवसायीहरु सन्तबहादुर पाख्रिन, ओम गिरी लगायतले निर्णयमा हस्ताक्षर गरेका छन् ।
    महायज्ञमा दैनिक सयौं मानिस पुग्ने भएका छन् । बाहिरबाट आउनेहरुले आफ्नै गाडी लगेपनि स्थानीय र छिमेकी जिल्लाबाट आउनेहरुले गाडी नपाएर अलपत्र पर्न नपरोस् भनेर यो पहल गरिएको महायज्ञका आयोजक तथा सर्वसिद्दिधाम पञ्चकोटका संस्थापक महासचिव जगन्नाथ आचार्यले बताए । महायज्ञका लागि सडक सफाइ, मञ्च व्यवस्थापन, आबास र भोजनको व्यवस्था लगायतका कार्य पुरा भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend