२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

ताराखेलमा काठेखाला गाउँपालिका च्याम्पियन


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०८० , सोमबार

  • ताराखेलमा काठेखाला गाउँपालिका च्याम्पियन

    बागलुङ, १४ फागुन– तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० अन्तर्गत आइतबार सकिएको ताराखेलमा काठेखोला गाउँपालिका च्याम्पियन बनेको छ । काठेखोलाले कुल १ सय १५ स्कोर गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
    कुल १ सय ९ स्कोर हानेको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङ दोस्रो भएको छ । २१ डोर खेलाईएको खेलमा प्रतिखेलाडीले ४२ सर प्रहार गरेका थिए । कुल ४२ मध्ये २१ सर टार्गेटमा प्रहार गरेका सुरेन्द्र पुनमगर सर्वोत्कृष्ट खेलाडी चुनिएको ताराखेल संयोजक खिमबहादुर पुनमगरले बताए ।
    मगर दिवसको अवसरमा पुरुष भलिबलसहित गण्डकी प्रदेश र पालिका स्तरीय महिला भलिवल प्रतियोगिता, मगर समुदायका लागि मात्र सामुहिक नृत्य, ४० बर्ष माथिका मगर समुदायका लागि मात्र खुल्ला नृत्य, पुरुष तथा महिला छेलो फाल्ने र रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्यामबहादुर पुनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend