९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘लखन कप’ उपाधिका लागि एनबिए र होटल रोयल बिजी भीड्ने


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०८० , सोमबार

  • ‘लखन कप’ उपाधिका लागि एनबिए र होटल रोयल बिजी भीड्ने

    बागलुङ, १४ फागुन– मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगिताको उपाधिका लागि नरेठाँटी बजार एरिया (एनबिए) गलकोट र होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाण्डौं भीड्ने भएका छन् ।
    आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा एनबिएले तंग्राम भलिबल टिमलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । उपाधि दाबेदार मानिएको एनबिएले तंग्रामलाई २५–९ र २५–१८ को सोझो सेटमा हराएको हो ।
    यस्तै, दोस्रो सेमीफाइनल खेलमा होटल रोयल बिजीले रुस्दी युवा क्लब गलकोटमाथि संघर्षपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा होटल रोयल बिजीले रुस्दी युवा क्लबमाथि २५–२०, २५–११ र २५–२३ को सेटमा पराजित गरेको हो । तेस्रो सेटको निर्णायक खेलमा विवाद सिर्जना हुँदा खेल रोकिएको थियो ।
    फाइनल खेल मंगलबार बिहान हुने भलिब खेलका संयोजक किशोर छन्त्यालले जानकारी दिए । सेमीफाइनलमा पराजित रुस्दी युवा क्लब र तंग्राम भलिबल टिमले १०/१० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
    लखन कप पुरुष भलिबलको विजेताले ८१ हजार ८ सय ८१ र उपविजेताले ४१ हजार ४ सय ४१ रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मगर दिवसमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend