९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लखन कपको उपाधि एनबिए गलकोटले जित्यो


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०८० , मंगलबार

  • लखन कपको उपाधि एनबिए गलकोटले जित्यो

    बागलुङ, १५ फागुन– नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको तेस्रो लखनकप भलिबलको उपाधि नरेठाँटी खेलकुट टिम (एनबिए) गलकोटले जितेको छ ।
    मगर एकता दिवशको अबसर पारेर चार दिनदेखि जारी खेलमा एनबिएले रोयल बिजी गेष्ठ हाउस काठमाण्डौंलाई सोझो सेटमा पराजित गरेको हो । एनबिएले २५–२०, २५–१७ र २५–१७ को सेटमा रोयल बिजीलाई स्तब्ध बनायो । पहिलो सेटमा सानो स्कोरको अन्तरमा जित्न सफल भएपछि एनबिएका खेलाडी उत्साही थिए । त्यसको प्रत्यक्ष असर रोयल बिजीलाई परेको हो ।
    यसअघि एनबिएले तंग्राम भलिबल टिमलाई २–० को सोझो सेटमा जितेर फाइनल यात्रा तय गरेको थियो । रोयल बिजीले भने रुस्दी युवा क्लबलार्ई २५–२०, २५–११ र २५–२३ को सेटमा पराजित गरेर फाइनल समीकरण बनेको थियो ।
    खेलमा प्रथम भएको एनबिएले ८१ हजार ८ सय नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पायो । उपबिजेता रोयल बिजी गेष्ठ हाउस ४१ हजार ४ सय रुपैयाँ पुरस्कारमा चित्त बुझायो । खेलमा १६ टिम सहभागि रहेको खेल संयोजक किसोर छन्त्यालले बताए ।
    मंगलबारै भएको पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी जैमिनी नगरपालिकाले जितेको छ । जैमिनीले ताराखोला गाउँपालिकालाई २५–१६, २५–२० र २५–१७ को स्कोरमा पराजित गरेको हो । महिला भलिबल जितेर जैमिनीले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पायो । ताराखोलाले १५ हजारमा चित्त बुझायो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend