बागलुङ, ८ चैत्र– नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) गण्डकीले फुलहरुको होली उत्सब गर्ने भएको छ । आगामी चैत १० देखि १२ गते होली पूर्णिमाको दिनसम्म गौर गण्डकी उत्सवको आयोजना गरिएको संघले जनाएको छ । चैत १२ गते गौर पूर्णिमाको दिन पुष्प होलीको आयोजना गरिएको हो ।
नयाँ पुस्तामा संस्कृतिको जागरण ल्याउने र होलीलाई रसायनिक बिषादयुक्त रंग प्रयोगको सट्टा फुलको माध्यामबाट मनाउन सकिने सन्देश प्रवाहका लागि त्रिदिवसीय कार्यक्रम आयोजना गरिएको संघका गधाई गौराङ दासले बताए । बागलुङ नगरपालिका १ खुदुर्केमा रहेको लक्ष्मीनारायण मन्दिरमा गौर गण्डकी उत्सव हुने छ ।
पहिलो दिन चैत १० गते उत्सवको उद्घाटन गण्डकी प्रदेशका पर्यटन मन्त्रि दिपेन्द्र थापाले गर्ने छन् । चैतको ११ गते महायज्ञ गर्ने र १२ गते पुष्प होली गरिने दासले बताए । उत्सवमा हरेक दिन प्रबचन, भजनकृतनको आयोजना गरिएको छ । उत्सवमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई प्राथमिकतामा राखेर सहभागि गराईने छ । १५ लाख खर्च हुने अनुमान गरिएको उत्सवले मुख्यतः संकृतिको पुर्नजागरण गर्ने दासले बताए ।