९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अटो रिक्सा दुर्घटना हुँदा पाँच घाईते


जनमञ्च संवाददाता
  • १९ चैत्र २०८० , सोमबार

  • अटो रिक्सा दुर्घटना हुँदा पाँच घाईते

    बागलुङ, १९ चैत– जिल्लामा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोबिल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा बा.न.पा.–३ रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए ।
    दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ बर्षीया सम्झना किसान, ५ बर्षीया साँची किसान, ६८ बर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ बर्षीय शन्त बहादुर परियार घाईते भएको केसीले बताए । उनले घाईतेहरुको प्रहरीले उद्धार गरि उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पठाएको जानकारी दिए । अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend