बागलुङ, २३ चैत– बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं र गण्डकी मेडिकल कलेजको आयोजनामा शुक्रबारदेखि धौलागिरि अस्पताल बागलुङमा दूइदिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । केन्द्रकी अध्यक्ष रसुमिला श्रेष्ठले शिविरको उद्घाटन गरिन् ।
शिविरमा अर्थोपेडिक, मुटुरोग, पिशाब, महिला तथा स्त्रीरोग, भिडियो एक्सरे र मुटुको इको तथा ल्याब सेवा समेत प्रदान गरिने छ । २०३९ सालमा स्थापना भएको केन्द्रले बालबालिकाको खुट्टामा जुत्ता, बिद्यालय, अस्पताल लगायतका क्षेत्रमा सहयोग गर्दै आएको थियो । स्वास्थ्य शिविरको माध्यमबाट केन्द्रले पहिलो पटक सहयोग गरेको श्रेष्ठले जानकारी दिइन् ।
शिविर उद्घाटनको अबसरमा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रबिन्द्र श्रेष्ठ, धौलागिरि अस्पतालका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरन्जन प्रधान लगायतले शिविरको सफलताको शुभकामना गरेका थिए । कार्यक्रमको संचालन केन्द्रका सचिव कृष्णमणी श्रेष्ठले गरेका थिए । शिविरमा बागलुङका विभिन्न संस्थाले पनि सहयोग गरेका थिए ।