बागलुङ, २६ चैत– सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले १५ औँ स्थापना दिवसको अवसरमा बेनीमा सहकारी, वित्तिय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले १५ औँ स्थापना दिवस त्रिदिवसिय कार्यक्रम गरि मनाउने सन्र्दभमा पहिलो दिन वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहजिकरण गर्दै सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सदस्य धनी र समृद्ध बन्नको लागि बचत गर्नुपर्ने बताउनुभयो । व्यक्तिले वित्तीय स्वतन्त्रता प्राप्त गर्न आफ्नो हरेक दिन र महिनाको आम्दानी तथा खर्चको हिसाब गरी वित्तीय योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सिवाइसीले ‘यात्रा रोडको सपना करोड’को भन्ने मूल नाराका सुरु गरेको संकल्प क्रमिक बचत खातामा सदस्यले आफ्नो आम्दानीबाट न्यूनतम बचत गर्दै भविष्यमा करोडपति बन्ने योजना ल्याएको भन्दै पौडेलले बचतमा सहभागी भई ‘उज्यालो भविष्य’को निर्माणमा जुट्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा बेनी सदस्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति पुर्नगठन गरिएको छ । समितिको संयोजकमा भिम बहादुर श्रेष्ठ, सह–संयोजकमा इन्दिरा शर्मा, सचिवमा माधव आचार्य, कोषाध्यक्षमा किशोर श्रेष्ठ रहनुभएको छ ।
समितिको सदस्यहरुमा मनकुमारी खड्का, केशव आचार्य, टेकमाया केसी, सेवा केन्द्रको परामर्शदातामा निवर्तमान संयोजक तुलसीनाथ सुवेदी, धनञ्जय कुमार श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र सन्दीपा शर्मा रहनुभएको छ ।