९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन


जनमञ्च संवाददाता
  • १ बैशाख २०८१ , शनिबार

  • एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन

    बगलुङ, १ बैशाख– नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्र्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।
    बागलुङबाट पार्टी एकताबद्ध रहेको सन्देश दिन आफुले उमेद्वारी फिर्ता लिएको गौतमले बताए । यसअघि एमाले बागलुङको अध्यक्षमा पूर्व अध्यक्ष जनकराज पौडेलको चर्चा चलेपनि अन्तिम समयमा उनले अनिक्षा व्यक्त गरेका थिए । केसीले पहिलो कार्यकालको सबै समय काम गर्न नपाएको भन्दै बलियो दाबेदारी पेश गरेका थिए । केसी बिद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर मुलधारमा प्रबेश गरेका एमाले नेता हुन् ।
    अघिल्लो अधिबेशनमा उपाध्यक्ष र सचिव सर्वसम्मत हुँदा केसी र अहिलेका प्रदेश कमिटि सदस्य कृष्ण पाठकबीच प्रतिस्पर्धा भएको थियो । नवौं जिल्ला अधिबेशनमा मतदान प्रक्रियाबाट अध्यक्ष बनेका केसी दशौं अधिबेशनमा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा बिष्णु भुसालको मात्रै उमेद्वारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए । अघिल्लो अधिबेशनमा सर्वसम्मत सचिव चयन भएका भुसाल यो पटक पनि सर्वसम्मत उपाध्यक्षमा चयन भए ।
    सचिवमा गणेश थापा चयन भएका छन् । थापासहित सचिवमा चन्द्र गणेश र कुमार खड्काको उमेद्वारी परेको थियो । शुक्रबार साँझ नै खड्का र गणेशले उमेद्वारी फिर्ता लिएपछि थापा सर्वसम्मत सचिव बनेका हुन् । उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन भएका छन् । उनीहरु दुई जनाको मात्रै उमेद्वारी परेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend