८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अस्ट्रेलियाभरि आप्रवासीविरुद्ध जुलुस


जनमञ्च संवाददाता
  • २१ भाद्र २०८२ , शनिबार

  • अस्ट्रेलियाभरि आप्रवासीविरुद्ध जुलुस

    सिड्नी / अस्ट्रेलियामा हजारौँ स्थानीयवासी आप्रवासीविरोधी ‘मार्च फर अस्ट्रेलिया’ जुलुसमा सहभागी भएका छन् । उनीहरूले सरकारको आप्रवासन नीतिको समेत विरोध गरेका छन् ।

    ‘मार्च फर अस्ट्रेलिया’ अर्थात् ‘अस्ट्रेलियाका निम्ति जुलुस’ भनिएको यो प्रदर्शन सिड्नी, मेलबर्न र अरू ठूला सहरहरूमा आयोजना गरियो । केही ठाउँमा र्‍यालीमा सहभागी र त्यसको विरोध गर्नेहरूबीच झडप पनि भएको थियो ।

    जुलुसमा केही विपक्षी सांसद एवं नेता पनि सहभागी भए । मेलबर्नमा दुई पक्षबीच हात हालाहाल भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार, सिड्नीमा करिब आठ हजार मानिस भेला भएका थिए । मेलबर्नमा भने प्रदर्शनकारी प्यालेस्टाइन समर्थक अर्को जुलुसका सहभागीसँग भिडेका थिए । ब्रिजबेनमा पनि समर्थनमा जुलुस निकालिएको थियो ।

    अस्ट्रेलिया सरकारले जुलुसको कडा विरोध गरेको छ । स्थानीय पत्रिकासँग गृहमन्त्री टोनी बर्कले भनेका छन्, “समाजलाई विभाजित गर्ने र कमजोर पार्ने मानिसका निम्ति हाम्रो देशमा कुनै ठाउँ छैन ।”

    यस्तै, बहुसांस्कृतिक मामिलाकी मन्त्री डा. एन एलीले भनिन्, “हामी सबै अस्ट्रेलियालीसँग उभिएका छौँ, चाहे उनीहरू जहाँ जन्मेका भए पनि । यस किसिमको नस्लवाद र जातीयतामा आधारित दक्षिणपन्थी क्रियाकलापको आधुनिक अस्ट्रेलियामा कुनै ठाउँ छैन ।”

    सरकारले यसलाई ‘घृणा फैलाउने’ कार्यक्रम भन्दै निन्दा गरेको छ ।  प्यालेस्टाइनको समर्थनमा केही साताअघि सिड्नीमा आयोजित एक कार्यक्रममा अस्ट्रेलियाको राष्ट्रिय झन्डा जलाइएको थियो । केही व्यक्तिले देशको झन्डा जलाएपछि आप्रवासीविरुद्धको ‘मार्च फर अस्ट्रेलिया’को घोषणा गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend