९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकी प्रदेशमा एनपिएलको दुई दिने ‘ट्रफी टुर’ सुरु


जनमञ्च संवाददाता
  • १० कार्तिक २०८२ , सोमबार

  • गण्डकी प्रदेशमा एनपिएलको दुई दिने ‘ट्रफी टुर’ सुरु

    पोखरा/आउँदो मङ्सिर एक गतेबाट सुरु हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ‘ट्रफी टुर’ गण्डकी प्रदेशमा सुरु भएको छ ।

    सोमबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटबाट सुरु भएको ट्रफी यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्लामा लगेर प्रदर्शन गरिएपछि काठमाडौँ जाने छ । क्रिकेट सङ्घ पर्वतका टिम म्यानेजर सौगात रेग्मीका अनुसार सोमबार बिहान आठ बजे गैँडाकोट बाट सुरु भएको ‘ट्रफी टुर’ मनकामना मन्दिरमा पुग्यो । मन्दिरमा ‘ट्रफी’ सहितको पूजाआजा गरेपछि तनहुँको सदरमुकाम दमौलीमा प्रदर्शन गरिएको छ ।

    तनहुँका क्रिकेट खेलप्रेमीहरुसँग ‘ट्रफी’ सँगैको भलाकुसारी र ¥यालीपछि ‘ट्रफी’ टोली स्याङ्जाको चापाकोट पुग्यो । सोमबार अन्तिम प्रदर्शन स्याङ्जाकै पुतली बजारमा भएको छ । मङ्गलवार बिहान सात बजे ‘ट्रफी’ सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर अन्नपूर्ण आधार शिविरको अवलोकनमा जाने छ । हेलिकोप्टरबाट आधार शिविरमा झरेपछि ‘नेपथ्य ब्यान्ड’ का प्रमुख ‘भोकलिस्ट’ अमृत गुरुङबाट गण्डकी प्रदेशको ‘फ्रेन्चाइज’ टोली ‘पोखरा एभेन्जर्स’ को दोस्रो संस्करणको ‘जर्सी’ घोषणा हुने छ । आधार शिविरबाट फर्किएपछि पोखरा रङ्गशालाबाट ¥याली निस्किने छ ।

    पोखराका मुख्य मुख्य चोकहरूमा ‘ट्रफी’ सहितको मोटरसाइकल ¥याली निकालेपछि टोली पोखराकै अर्घो मौलाकालिका र ताल चोक पुगेपछि पर्वत आउने छ । साबिकको धौलागिरि प्रवेशको मुख्य नाका मोदी गाउँपालिकास्थित डिमुवामा पर्वत जिल्लाको महिला क्रिकेट टोलीले स्वागत गर्ने कार्यक्रम छ । पातिचौर हुँदै कुश्मा आइपुगेपछि ‘ट्रफी’ टोलीलाई लाखे नाच सहित क्रिकेट सङ्घ पर्वतका पदाधिकारीहरू, खेलाडी तथा खेलप्रेमीहरुले स्वागत गर्ने छन् । ‘ट्रफी’लाई कुश्माको ऐतिहासिक शताब्दी घर, मेलमिलाप चोक, लोकतान्त्रिक चोक, ‘द क्लिफ’को ‘बन्जी जम्प’ हुँदै बागलुङ प्रस्थान गराइने म्यानेजर रेग्मीले बताए । टोलीले मङ्गलवार नै बागलुङको बागलुङ भगवती मन्दिरमा दर्शन गरेर गण्डकी प्रदेश यात्रा पूरा गर्ने छ ।

    नेपालको रोजाइको खेलका रूपमा विकास भइरहेको क्रिकेटमा गण्डकी प्रदेशको योगदान बढाउनको लागि पनि यो ‘ट्रफी टुर’ ले सहयोग गर्ने म्यानेजर रेग्मीले बताए । क्रिकेट खेलाडीहरूमा उत्साह भर्न, नेपाल प्रिमियर लिगको ख्याति बढाउन तथा क्रिकेटमा नयाँ खेलाडीहरूलाई आकर्षण गर्नको लागि पनि यो यात्रा सहयोगी हुने उनको भनाई छ ।

    ‘यो ट्रफी टुरले देशभर क्रिकेट मोहलाई अझै उत्साहित बनाएको छ । त्यसमा पनि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्ने पोखरा एभेन्जर्सले पनि गर्वका साथ आफ्नो ट्रफी टुर अभियान चलाउँदा यसले गण्डकी प्रदेशको खेल जगत्मा ऊर्जा भरेको छ’, उनले भने, ‘यो केवल ट्रफी टुर होइन, यो हाम्रो गर्व र क्रिकेटप्रतिको समर्पणको प्रतीक हो । गण्डकी प्रदेशका युवामा रहेको प्रतिभा र जोसलाई देशभर चिनाउने अभियान हो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend