८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ


जनमञ्च संवाददाता
  • १० कार्तिक २०८२ , सोमबार

  • ६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ

    काठमाडौं / छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको हो।

    यसैविच, कपिलवस्तुका ६५ स्थानमा हर्षोल्लासका साथ अस्ताउदो सूर्यलाई अर्घ दिदै छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका-१ चपरतल्ला स्थित जमुहार नाला, बाणगंगा नदीको रामघाटलगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाईएको हो ।

    छठलाई निष्ठा, पबित्रता र सद्भावको पर्वकारुपमा मानिएको छ । यस्तै पकडी कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको विशेष पूजापाठ गरी सामूहिक मनाएका हुन । जिल्ला प्रहरी कार्यालय अनुसार यस बर्ष नदी नाला तलाउ, पोखरीमा गरी कपिलवस्तुमा ६५ स्थानमा छठ स्थान निर्माण गरिएको छ ।

    जमुहार नालामा ३ हजार हजार बढी श्रद्धालुहरुले र ५ हजार बढीले रामघाट नदीमा अस्ताउदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेका थिए । उनीहरु त्यहा जम्मा भएर सामूहिकरुपमा पूजापाठ समेत गरेका थिए । पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयका सहभागी थिए ।

    विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए । नदीमा पूजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend