८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन


जनमञ्च संवाददाता
  • ११ कार्तिक २०८२ , मंगलबार

  • अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन
    मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कंदै गरेका पदयात्री ।

    म्याग्दी / प्रतिकूल मौसम र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका निम्ति सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार (कात्तिक १०) रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ ।

    अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले उनीहरू बिरामी तथा अलपत्र पर्ने जोखिम रहेकाले गाउँपालिकासँगको समन्वयमा सहजीकरणका निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

    उनका अनुसार, हिमाली उद्धारकर्मीका रूपमा परिचित इन्द्रसिंह शेरचन समेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक भारी हिमपातका कारण समस्यामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ ।

    जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनानुसार आउँदो शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गाउँपालिकाले समेत सूचना जारी गरेर हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायत हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend