८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारी अभाव


जनमञ्च संवाददाता
  • १२ कार्तिक २०८२ , बुधबार

  • हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारी अभाव

    मनाङ / भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारी अभावमा उनीहरूलाई सकस भएको छ।

    प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारी अभाव भएको जानकारी दिए। ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौं। हिउँमा सवारी पनि फसेकाले सकस भएको छ। अन्य सवारी अभाव छ,’ उनले भने।

    तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए। पच्चीस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए।

    केही पर्यटकलाई घरबास र केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend