बागलुङ/आसन्न निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्ना उमेदवारहरु चयन गरेको छ । शनिबार अध्यक्ष पिंगलराज गौतम र प्रकाश घर्ती, एकबहादुर केसी तथा बाबुकाजी केसीले हस्ताक्षर गरेको पत्रमा बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो ।
सिफारिस गरिएकामा पुर्व मन्त्री देवेन्द्र पौडेल, सगरमाथा आरोही समेत रहेका कृष्ण केसी, बाबुकाजी केसी, पिंगलराज गौतम, होमनाथ शर्मा, चिनीमाया कालामगर र कुलचन्द्र शर्माको नाम प्रत्यक्षतर्फ पठाइएको हो । २०७४ र २०७९ मा पौडेल क्षेत्र नं. २ बाट नेकपा माओवादीको उमेदवार भइ निर्वाचित भएका थिए ।
सामानुपातिकतर्फ चेतबहादुर पुन चिरन, बलावती शर्मा, ज्ञानी कुमारी थापामगर, सिता शर्मा, गगनबहादुर पुन, टिकाकुमारी विश्वकर्मा, नीर्मल बहादुर श्रेष्ठ र आरती शर्मा सिफारिस भएकी हुन् ।
त्यस्तै, क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ज्ञामनाथ गैरे अनिल, कमल प्रसाद घिमिरे, हर्क थापा, केशरी घर्तीमगर, चन्द्रलाल अर्याल, दिवश खत्री र अभिषेक जंग श्रीपाली रहेका छन् ।
समानुपातिकतर्फ निलबहादुर पुन, मेषबहादुर बिक, केशर छन्त्याल, गंगाबहादुर भुजेल, झकप्रसाद बिक र अनिल बिक छन् भने राष्ट्रिय सभातर्फ पमदबहादुर पुन र रुद्रप्रसाद शर्माको नाम पनि सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य राजिब घिमिरेले जानकारी दिए ।