२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सृजना केसी महतो स्मृति सम्मान नेपाल पत्रकार महासंघ बागलुङलाई


जनमञ्च संवाददाता
  • २० पौस २०८२ , आइतबार

  • सृजना केसी महतो स्मृति सम्मान नेपाल पत्रकार महासंघ बागलुङलाई

    बागलुङ/बागलुङ जेसीजले नेपाल पत्रकार महासंघ (एफएनजे) बागलुङ शाखालाई सम्मान गरेको छ । जेसीजमा स्थापित सृजना केसी महतो स्मृति कोषबाट महासंघ सम्मानित भएको हो ।

    बागलुङ जेसीजको ४८ औं पदस्थापन तथा सम्मान समारोहमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, कोषका संरक्षण गणेश महतो लगायतले महासंघका अध्यक्ष राम थापा ‘अविरल’लाई सम्मान गरेका हुन् ।
    सञ्चारको क्षेत्रमा नियमित महासंघले सहयोग गरेको, समन्वयकारी भूमिका निर्वाह गरेको लगायतका सहयोगको उल्लेख गर्दै सम्मान गरिएको थियो । जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा यो सम्मान गरिएको हो ।

    महासंघ र जेसीजबीच दशक अघिदेखि नै सहकार्य भैरहेको छ । सामाजिक अभियान, सचेतना सहित खेलकुद र रचनात्मक काममा पनि सहकार्य हुँदै आएको छ । केही समयअघि मात्र पत्रकार महासंघ र बागलुङ जेसीजबीच पत्रकारहरुको आँखा परीक्षणसहित ‘कम्प्युटर भिजन सिन्ड्रोम’ सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न भएको थियो ।

    बागलुङ जेसीजले विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका युवाहरुलाई पनि वर्षेनि सम्मान गर्दै आएको छ । महासंघका पुर्व अध्यक्ष दिल शिरिष समेत जेसीजबाट वर्ष युवाको रुपमा सम्मानित भैसकेका छन् । जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहँदै आएको छ ।

    ४८ औं पदस्थापन कार्यक्रमबाट वर्ष २०२६ का लागि अन्जिला श्रेष्ठको अध्यक्षतामा नयाँ समितिले कार्यभार सम्हालेको छ । निवर्तमान अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले अन्जिला श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका छन् ।

    समितिको कार्यकारिणी उपाध्यक्षमा सुलभ खड्का र सुभम राजभण्डारी, उपाध्यक्षहरुमा निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीष, निकेश खड्का रहेका छन् । निर्देशकमा आयुस श्रेष्ठ र विनोद थापामगर छन् भने महासचिवमा स्विकृति भारी, कोषाध्यक्षमा मिलन खत्री तथा कानूनी सल्लाहकारमा गणेश महतो रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend