८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पोखरा महोत्सव पुस २९ देखि


जनमञ्च संवाददाता
  • १७ पौस २०८२ , बिहिबार

  • पोखरा महोत्सव पुस २९ देखि

    पोखरा/युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सवको चौधौ संस्करण यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने भएकोे छ । आयोजक क्लबले बुधवार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिएको हो ।

    ‘युवाको जाँंगर, राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ २०६७ वैशाख ७ गते स्थापना भएको क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरा महोत्सवको आयोजना गर्दै आएको छ ।

    चौधौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल, पोखरा सेकुवा घर रहेका छन् ।

    यसैगरी अफिसियल इन्टरनेट भायानेट, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ पार्टनरमा सोल्टी, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि, सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, प्रवद्र्धकमा परिचय, ग्रुमिङ पार्टनरमा ववि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल टेलिभिजनमा फेवा टेलिभिजन एचडी र एबीसी टेलिभिजन रहेका पत्रकार सम्मेलनमा जनाईयो । साथै थप प्रायोजकहरु आउने क्रम जारी छ ।

    महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निःशुल्क प्रवेश गराइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छन् । महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको प्रचारप्रसार उपसमिति संयोजक दिनेश सुनारले बताए । महोत्सवमा अढाई लाख दर्शक आउने अनुमान गरिएको छ ।

    एक करोड ५१ लाख ७५ हजार आम्दानी भएर एक करोड २३ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

    महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend