८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
नेपाली कांग्रेसको १४औँ महाधिवेशन

दुई हजार मत गन्दा कसैले कटाएनन् ५० प्रतिशत


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • दुई हजार मत गन्दा कसैले कटाएनन् ५० प्रतिशत

    काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको छ । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।

    महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म २००६ मत गणना भएको छ ।

    अहिलेसम्मको गणनाअनुसार देउवाले ९५८, कोइरालाले ७२६, सिंहले १५३, निधिले ११७ र गुरुङले ६ मत प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेका देउवा र कोइरालाबीचको मतान्तर २३२ छ ।

    देउवाले अहिलेसम्म ४७.७ प्रतिशत र कोइरालाले ३६.१९ प्रतिशत मत पाएका छन् । त्यस्तै, सिंहले ७.६२, निधि ५.८ र गुरुङले ०.३५ प्रतिशत मत पाएका छन् ।
    कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend