२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

के के गर्दैछ बालकोटको एमाले सचिवालय बैठकले


जनमञ्च संवाददाता
  • १३ असोज २०७९ , बिहिबार

  • के के गर्दैछ बालकोटको एमाले सचिवालय बैठकले

    काठमाडौं, १३ असोज – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ।

    निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी एमाले सचिवालय बैठक बालकोटमा सुरु भएको हो। एमाले उपमहासचिव विष्णु रिमालका अनुसार यो बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवबारे छलफल हुनेछ। यो सचिवालय बैठकले आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि टिकट दिने सम्भावित नेताहरुबारे निर्णय लिन सक्नेछ।

    त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितसँग चुनावी  तालमेलबारे पनि कुरा हुने बताइएको छ।

    लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न राजेन्द्र महतो नेतृत्वमा कार्यदल बनाइसकेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि एमालेसँग संवादमा छ।

    उता कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि केही स्थानमा एमालेको सहयोग लिने तयारीमा छ। सत्ता गठबन्धनले भागवण्डा मिलाउँदै गर्दा एमालेले पनि आफ्ना उम्मेदवारबारे निर्णय लिनेछ।

    एमालेमा समानुपातिक सूचीलाई पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन्। त्यसैगरी विगतको विवादमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका १० भाइ नेताहरुको टिकटबारे पनि छलफल जारी छ।

    एमाले नेता भीम रावललाई अछाम जिल्ला कमिटीले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको विषय पनि गम्भीर रुपमा उठेको छ।

    एमाले सुदूरपश्चिमका नेताहरुले रावलको नामलाई लिएर म‌ंगलबार ओलीसँग संवाद गरेका छन्। ओलीले पनि पार्टी सम्पर्कमै नरहेका नेताको नाम कसरी सर्वसम्मत भयो भनेर जिज्ञासा राखेका थिए।

    निर्वाचन आयोगले पनि कांग्रेस र एमालेसहित सबै दलको समानुपातिक सूची नमिलेको भन्दै सच्याएर ल्याउन निर्देशन दिएको छ। उक्त सूची पनि आगामी असोज १६ गतेसम्म सच्याएर अन्तिम रुप दिनुपर्ने छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend