९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सहकारीकर्मी पनि लबिइङमा लागे टिकट हात पार्न


जनमञ्च संवाददाता
  • १६ असोज २०७९ , आइतबार

  • सहकारीकर्मी पनि लबिइङमा लागे टिकट हात पार्न

    काठमाडौं, १६ असोज – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट हात पार्न सहकारी क्षेत्रका अगुवाहरु पनि कस्सिएका छन् । उम्मेदवार सिफारिसमा परेकाहरुले आ-आफ्ना दलमा टिकट हात पार्न लबिइङ तीव्र बनाएका छन् ।

    सहकारी अभियन्ताहरु दक्ष पौडेल, सीताराम काफ्ले र इन्दिरा पन्तको नाम प्रतिनिधि सभा निर्वाचनको सम्भावित उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् । त्यस्तै केदार मानन्धर, जगतलाल महर्जन, मनोज थापामगर, सीबी लामालगायत प्रदेशसभातर्फ सिफारिसमा परेका छन् ।

    उपभोक्ता केन्द्रीय सहकारी संघका पूर्वमहासचिव सीताराम काफ्ले नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि सिफारिसमा परेका छन् । काठमाडौं ५ कांग्रेसकै भागमा परे पनि उनले टिकट पाउने/नपाउने टुंगो छैन । यहाँ कांग्रेसबाट स्वर्णिम वाग्ले बलियो दाबेदार हुन् । वाग्लेले काठमाडौं वा गोरखा जहाँबाट भए पनि चुनाव लड्न तयार रहेको बताउँदै आएका छन् ।

    राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसहअध्यक्ष एवम् हब कोअपरेटिभका अध्यक्ष दक्ष पौडेललाई नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभातर्फ सिफारिस गरेको छ । सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं ७ जसपाको भागमा परेपछि पौडेलले प्रदेश सभाको टिकटका लागि लबिङ जारी राखेका छन् ।

    काठमाडौं-७ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट मानुषी यमी भट्टराई दाबेदार छन् ।

    यसैगरी नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं ७ का लागि सहकारीकर्मी इन्दिरा पन्त पनि सिफारिसमा परेकी छन् । रोयल बहुउद्देश्यीय सहकारीकी उपाध्यक्षसमेत रहेकी पन्त काठमाडौं महानगरपालिकाको मेयर पदमा पनि सिफारिसमा परेकी थिइन् । उनका श्रीमान बसन्त प्रसाद मानन्धर भने नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशको मन्त्री छन् ।

    अर्का सहकारीकर्मी मधुसुधन पाठक (सिते बा) ले पनि स्वतन्त्र रुपमा काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर काठमाडौं क्षेत्र नम्बर ८ (ख) का लागि सिफारिस भएका छन् । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका मानन्धर कांग्रेसबाट सिफारिस भएका हुन् ।

    तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था ललितपुरका अध्यक्ष मनोज थापा मगरलाई माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं ९ को प्रदेश (ख)बाट सिफारिस गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend