९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेको टिकट वितरण दशैंपछि मात्रै हुने भयो !


जनमञ्च संवाददाता
  • १६ असोज २०७९ , आइतबार

  • एमालेको टिकट वितरण दशैंपछि मात्रै हुने भयो !

    काठमाडौं, १६ असोज – नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

    अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दशैंको अघिल्लो दिन सधैं अध्यक्ष कमरेडले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

    ‘अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला पुग्नु भएको छ’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ ।’ अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।

    गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ । तर आवश्यक परामर्श अन्य नेताहरुबाट पनि लिने निर्णय भएकाले दशैं अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend