काठमाडौं, १८ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नौ कन्याको पूजा गरेकी छन्।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नौ कन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन्। ती कन्यालाई बालमन्दिरबाट लगिएको हो।
राष्ट्रपतिले दसैँ पर्वका अवसरमा महानवमीको दिनमा प्रत्येक वर्ष नौ कन्याको पूजा गर्ने गरेकी छन्।
उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए। सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन्।