९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दशैंको टीका लगाउँदा कता फर्किने ?


जनमञ्च संवाददाता
  • १९ असोज २०७९ , बुधबार

  • दशैंको टीका लगाउँदा कता फर्किने ?

    बागलुङ, १९ असोज – आज ब डा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

    आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ५१ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

    ‘चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने । आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ छ ।

    टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुन्छ। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेमा वर्षभर शान्ति हुने विश्वास छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend