९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)


जनमञ्च संवाददाता
  • २६ असोज २०७९ , बुधबार

  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

    काठमाडौं, २६ असोज – निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलगत र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए ।

    निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् ।

    प्रतिनिधिसभातर्फ २ हजार १८७ पुरुष र २२५ जना महिलाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ २ हजार ९४३ जना पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन् भने अन्यमा १ जना रहेको आयोगले उल्लेख गरेको छ ।

    प्रतिनिधिसभाका उम्मेदवारहरु:

    प्रदेशसभाका उम्मेदवारहरु:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend