९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
रामचन्द्रको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन

सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने, कहाँ कहिले ? (तालिकासहित)


जनमञ्च संवाददाता
  • २७ असोज २०७९ , बिहिबार

  • सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने, कहाँ कहिले ? (तालिकासहित)

    काठमाडौं, २७ असोज – पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेला गर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
    गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरिने भएको छ ।
    आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सकिने भनिएको छ ।

    भेलाका लागि गठबन्धनको कार्यतालिका :
    १. कात्तिक ४ गते – पोखरा, ११ बजे
    २. कात्तिक ४ गते – बुटवल, २ बजे
    ३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
    ४. कात्तिक ५ गते – जनकपुर, २ बजे
    ५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
    ६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
    ७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend