९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दुबई बन्यो विश्वको पहिलो ‘पेपरलेस’ सरकार


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • दुबई बन्यो विश्वको पहिलो ‘पेपरलेस’ सरकार

    डिजिटल  बजारमा आफूलाई स्थापित गर्दै दुबई विश्वको पहिलो कागजरहित (पेपरलेस) सरकार बनेको छ। दुबईका युवराजले शेख हमदान बिन मोहम्मद बिनडिजिटल  बजारमा आफूलाई स्थापित गर्दै दुबई विश्वको पहिलो कागजरहित (पेपरलेस) सरकार बनेको छ।
    दुबईका युवराजले शेख हमदान बिन मोहम्मद बिन रासिद अल माक्टोमले दुबई कागजरहित सरकार बनेको घोषणा गरेका हुन्।  रासिद अल माक्टोमले दुबई कागजरहित सरकार बनेको घोषणा गरे।
    दुबईले सन् २०१८ देखि ‘दुबई कागजरहित रणनीति’ सार्वजनिक गरेको थियो। सोही योजनाअनुसारको लक्ष्य दुबईले हासिल गरेको हो।
    यो कार्यक्रममार्फत दुबईको समग्र सरकारले करिब ३५ करोड डलरबराबरको रकम बचत गरेको छ भने मानिसहरुको एक करोड ४० लाख घण्टाको काम पनि छोट्याएको छ।
    शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा दुबईका युवराजले यो लक्ष्य हात पारेसँगै अब दुबई नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। डिजिटल दुबईका महानिर्देशकले अब दुबईको आन्तरिक र बाह्य सबै कारोबार डिजिटल माध्यमबाट हुने बताएका छन्। साथै सबै सरकारी सेवा पनि डिजिटल माध्यमबाट हुनेछन्।
    दुबईले आफ्नो कागजरहित रणनीतिलाई पाँच चरणमा गरी पूरा गरेको हो। प्रत्येक चरणमा सरकारी निकायका सीमित समूहलाई कागजरहित बनाउँदै लगेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend