९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका केसी बिजयी


जनमञ्च संवाददाता
  • ७ मंसिर २०७९ , बुधबार

  • बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका केसी बिजयी

    बागलुङ, ७ मंसिर– बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । केसीले २१ हजार ४ सय ५१ मत पाउँदा पाठकले १८ हजार ८ सय २५ मत पाए । चुनावी नतिजा भने घोषणा हुन भने बाँकी छ ।
    केसीले २ हजार ६ सय २६ मतको अग्रतासहित जित हात पारे । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो भएका छन् । उनले ९ हजार १ सय ८१ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेसका शिवलाल सापकोटाले १ सय २५, स्वतन्त्र उमेद्वार चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत पाउँदा एक हजार ७ सय १४ मत बदर भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend