९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चित्रबहादुर केसीको चौथो इनिङ: बस्लान त बागलुङ ?


जनमञ्च संवाददाता
  • ७ मंसिर २०७९ , बुधबार

  • चित्रबहादुर केसीको चौथो इनिङ: बस्लान त बागलुङ ?

    पोखरा, ७ मंसिर – उनी अहिले ८२ वर्ष भइसकेका छन्। युवा जस्तै जोश र लक्ष्यप्राप्तिको हुटहुटीकै कारण होला, प्रतिनिधि सभाका लागि बागलुङ क्षेत्र नम्बर १ मा उठेर परिणाम आफ्नो पक्षमा पार्न सफल बने। सम्भवत: उनी यो संसदका सबैभन्दा पाका जनप्रतिनिधि हुनेछन्।

    हो, युवाहरुका उत्प्रेरक, नेतालाई जनताप्रति उत्तरदायी हुनुपर्छ भन्दै पैरवी गर्ने उनी हुन् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । प्रष्ट वक्ता, छलकपटरहित राजनीतिको वकालत गर्ने केसीको संसदमा यो चौथो इनिङ हो। यसअघि उनी २०५६, २०६४ र २०७० मा सांसद थिए।

    केसीले २०५६ अर्थात् २३ वर्षअघि बागलुङबाट संसदीय चुनाव जितेर सिंहदरबार पुगे। त्यसपछि २०६४ मा पनि प्रत्यक्षमा जितेर संसदमा पुगे। तर २०७० मा उनी समानुपातिकमा बसे।

    २१ वर्षपछि चित्रबहादुर केसीले किन छाडे काठमाडौँ ?

    त्यसपछि उनले २०७४ मा सांसद हुने इच्छा देखाएनन्। उनले उठ्न अस्वीकार गरेपछि बागलुङमा एमाले-माओवादी गठबन्धनले दुई क्षेत्र बाँडेका थिए। त्यसबेला जनमोर्चाले २ प्रदेश लिएको थियो।

    तर उनले अहिले सत्ता गठबन्धनमा रहँदा परेका दुई सिटमध्ये एउटामा उठेर फेरि संसद यात्रा तय गरेका छन्।

    अब संसदमा ठेट नेपाली शब्दसहित राष्ट्रियता र जनजीविकाको पक्षमा सशक्त आवाज घन्किनेछ। रोस्ट्रमबाट संघीयताविरुद्ध फेरि तीखो प्रहार हुने छ।

    अघिल्लो वर्ष यही समयमा सम्पर्क गर्दा केसी बुटवल थिए। तर अब उनलाई काठमाडौं फर्किनुपर्ने बाध्यता परेको छ।

    उनी कसरी काठमाडौंको बसाइ छाडेर बुटवल झरेका थिए। एक पटक त्यसबारे चर्चा गरौँ।

    कोरोना महामारीबीच उनी काठमाडौंको डेरा सधैँका लागि छोडेर झिटी झ्याम्टासहित बुटवल झरेका थिए।

    बागलुङका जनताको मत पाएर सिंहदरबार ९संसद० भवन पुगेका उनले तिनै भुइँ मान्छे र जनताका थुप्रै गुनासा सम्बोधनमा जुट्नुपर्ने छ।

    केसी काठमाडौंको घट्टेकुलोमा एउटै घरको सानो कोठामा दुई दशकभन्दा लामो समय बसे। उनी बसेको घर तीन पटक विक्री भयो तर डेरा छोडेनन्।

    तर, २०७७ सालदेखिको कोरोना महामारी भएपछि उनलाई काठमाडौंको बसाइप्रति मोहभंग भयो।

    चैतदेखि एक सय २० दिन लामो लकडाउन। लकडाउन हटेपछि बढ्दो संक्रमण। कोठामा वृद्ध दम्पति मात्रै। २०७८ असोजमा उनले काठमाडौं छाड्ने निर्णय लिए र भैरहवाको ठूटेपिपलस्थित छोरी भानु जिसीको घरमा बस्न थाले।

    फेरि जिते
    केसीले २०५६ सालमा बागलुङबाट प्रत्यक्षमा तत्कालिन संसदीय चुनाव जितेका हुन्।

    २३ वर्षपछि भएको प्रतिनिधि सभाको अर्को चुनाव पनि बागलुङबाट जित्न सफल भए।

    २०५६ मा चुनाव जितेर काठमाडौंमा डेरा लिएका उनी अब फेरि चुनाव जितेपछि काठमाडौं केन्द्रित हुन्छन् कि बाग्लुङको निर्वाचन क्षेत्र ? त्यो निश्चित भइसकेको छैन।

    केसीले यसपटक संसदमा पक्कै नयाँ देख्नेछन्। राजनीतिमा भर्खरै प्रवेश गरेका २७ वर्षे युवा उमेरका सांसदहरुसँग उनको संगत हुने छ।

    यससँगै केसीले भन्ने गरेको इमानको राजनीति गर्नुपर्ने पक्षका युवा पनि पुगेकाले संसद भवनमा फरक माहोल हुनेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend