२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सूर्य थापालाई दुर्गा पौडेलले यसरी दिइन् बधाई


जनमञ्च संवाददाता
  • ८ मंसिर २०७९ , बिहिबार

  • सूर्य थापालाई दुर्गा पौडेलले यसरी दिइन् बधाई

    प्युठान, ८ मंसिर – प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्य थापालाई प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बधाई दिएकी छन्। पौडेलले नवनिर्वाचित थापालाई भेटेरै बधाई दिएकी हुन्।

    आफ्नो हारपछि बिहीबार विज्ञप्ति प्रकाशित गरी पौडेलले प्रतिनिधि सभामा निर्वाचित सूर्य थापा, प्रदेश सभा (क) मा निर्वाचित तुलसीराम शर्मा र प्रदेश सभा (ख) मा विजयी हुने सरोज थापा (रोज राणा) लाई बधाई दिएकी थिइन्।

    विज्ञप्तिमा उनले प्युठानको समग्र विकासमा सधैँ जनताको साथमा रहने प्रण गर्दै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा र जानजीवनसित जोडिएका समस्याहरूको समाधानमा सधैँ संघर्ष गरिरहने प्रतिवद्धतासमेत जनाएकी छन्।

    हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल गठबन्धनको उम्मेदवार रही पराजित भएकी थिइन्। निर्वाचित थापा ४१ हजार ११८ मत ल्याउँदा पौडेलको ३५ हजार ८४४ मत आएको थियो।

    पौडेल २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend