९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

समानुपातिकमा एमालेले कटायो २० लाख मत


जनमञ्च संवाददाता
  • १० मंसिर २०७९ , शनिबार

  • समानुपातिकमा एमालेले कटायो २० लाख मत

    काठमाडौं, १० मंसिर– नेकपा (एमाले)ले समानुपातिकतर्फ अग्रता कायमै राखेको छ। सुरूदेखि नै पहिलो स्थानमा रहेको एमालेले शनिबार दिउँसो २० लाख मत कटाएको छ । ७४ लाख ३४ हजार ८ सय २४ मत गणना हुँदा एमालेले २० लाख ३२ हजार २ सय ३३ ल्याएको हो । यो कुल सदर मतको २७ दशमलब ३७ प्रतिशत हो ।
    दोस्रो स्थानमा रहेको कांग्रेसले १९ लाख ६३ हजार ५ सय ८५ मत पाएको छ । यो गणना भएको सदर मतको २६ दशमलब ४१ प्रतिशत हो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ७३ हजार ९ सय ६ मत अर्थात् ११ दशमलब ७५ प्रतिशत मत ल्याएको छ ।
    चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ४२ हजार ७ सय २१ मत अर्थात् ११ दशमलब ३३ प्रतिशत मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४७ हजार ७ सय ९६ अर्थात् ६ प्रतिशत मत ल्याएको छ भने एकीकृत समाजवादी पनि राष्ट्रिय दलतर्फ उन्मुख छ । उसले १ लाख ८७ हजार ५ सय २९ मत ल्याएको छ । समाजवादीले २ दशमलब ५२ प्रतिशत मत ल्याएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend