९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यस्तो छ तथ्यांकशास्त्री समीरको समानुपातिक विश्लेषण


जनमञ्च संवाददाता
  • ११ मंसिर २०७९ , आइतबार

  • यस्तो छ तथ्यांकशास्त्री समीरको समानुपातिक विश्लेषण
    श्रोत:समिर केसी

    मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म ८९ लाख हाराहारीमा मत गनिसकिएको छ।

    यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये ६१ प्रतिशत हाराहारीमा मतदान भएको अनुमान छ। यसले एक करोड १० लाख हाराहारी मतदाताले मतदान गरेको देखिन्छ। अघिल्ला निर्वाचनको जस्तै ३ प्रतिशत मत बदर भएको अनुमान गर्दा एक करोड ६ लाख ७० हजार हाराहारीमा मत सदर भएको अनुमान लगाउन मिल्छ। यसरी हेर्दा अब १८ लाख जति सदर मत गणना गर्न बाँकी छ।
    समानुपातिक प्रणालीका ११० सीटमध्ये कुन पार्टीले कति ल्याउला भन्नेमा सर्वत्र चासो छ। अहिलेसम्म नेकपा (एमाले) ले २४ लाख ४३ हजार मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख २० हजार मत पाएको छ। कांग्रेसभन्दा एमालेको मत एक लाख २३ हजारले बढी छ।

    तथ्यांकशास्त्री समीर केसीले ८८ लाख ४१ हजार मतको गणनाको आधारमा गरेको आकलनअनुसार, एमालेले समानुपातिकतर्फ ३५ सीट पाउनेछ। अहिलेसम्मको मतलाई अन्तिम मान्दा समानुपातिकतर्फ कांग्रेसले ३३ सीट पाउनेछ।

    नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले समानुपातिकमा १०-१० लाखको सीमा पार गरेका छन्। दुवै दलले समानुपातिकतर्फ १५-१५ सीट पाउने अनुमान तथ्यांकशास्त्री केसीको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा आठ सीट र जनता समाजवादी पार्टीले चार सीट पाउने अनुमान गरिएको छ। समानुपातिक मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाखभन्दा धेरै र जनता समाजवादी पार्टीले तीन लाखभन्दा धेरै मत पाइसकेका छन्।

    नेकपा (एकीकृत समाजवादी) को समानुपातिक मत भने दुई लाख ३९ हजार छ। यसले अहिलेसम्मको गणनाको अनुपातमा ‘थ्रेसहोल्ड’ पार गर्ने नदेखिएको तथ्यांकशास्त्री केसीको विश्लेषण छ। कानूनअनुसार, समानुपातिक प्रणालीको सीटमा भाग पाउन कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ। अहिलेसम्म एकीकृत समाजवादीले २.६८ प्रतिशत मत पाएको छ।

    यद्यपि, बाँकी मत गणनामा एकीकृत समाजवादीले मत बढाएमा भने समानुपातिक प्रणालीको सीटमा भाग पाउनेछ। त्यसो हुँदा, ठूला दलले समानुपातिक सीट बाँडफाँड गर्नुपर्ने हुन्छ। समानुपातिकतर्फको मत गणना जारी रहेकाले अहिले गरिएको अनुमान अन्तिम परिणाम आउँदासम्म फरक समेत पर्नसक्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend